दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा छनौट

नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गनले अमेरिकन आइडलमा अर्को महत्पूर्ण फड्को पार गर्दै उत्कृष्ट सातमा पर्न सफल भएका छन् । आज भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट सात मा छनौट भएका हुन् ।

आइतबार ‘इन्टरनेशनल मदर्स दे’ को अवसरमा दिवेशले आमाको ममता झल्काउने बोन आइभरको निकै चर्चित गीत ‘हे, मा’ गीत गाएका थिए । यसपटकको उनको प्रस्तुतीमा उनीसँगै उनका आमा र बुवा पनि देखिएका छन् ।

अमेरिकन आइडलको अडिसनदेखि नै आर्थरले निर्णायकहरुको अत्यधिक तारिफ पाउँदै आएका छन् । शीर्ष ७ मा आइपुग्दासम्म उनको तारिफको क्रम जारी छ । दिवेशले पनि अमेरिकन आइडलको आफ्नो यात्रालाई ठूलो अवसर बताउँदै यसलाई आफूले बुढ्यौलीसम्म पनि नबिर्सने बताएका छन् ।

यसका साथै उनले ‘डिज्नी नाइट’ का लागि ‘किस द गर्ल’ समेत गाएका छन् । यसमा पनि उनले दर्शक तथा निर्णायक मण्डलको अत्यधिक प्रशंसा पाएका छन् ।आर्थरलाई शीर्ष ५ का दाबेदारको रुपमा हेरिएको छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘कोपिला’ लकडाउनले गर्दा हलमा प्रदर्शन नगरि सिधै डिसहोममा रिलिज

Read Next

सलमान खानको स्वरमा ‘तेरे बिना’सार्वजनिक ( भिडियो )