सलमान खानको स्वरमा ‘तेरे बिना’सार्वजनिक ( भिडियो )

लकडाउनमा आफ्नो फार्महाउस रहेका अभिनेता सलमान खानले ‘तेरे बिना’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘तेरे बिना’ को सार्वजनिक गीतमा सलमान खानको स्वर रहेको छ।

गीतको भिडियोमा सलमान खान र ज्याक्लिन फर्नान्डीज फिचर्ड छन् ।गीतको छायांकन सलमान खानको फार्महाउस नै गरेको हो ।अजय भाटियाको संगीत रहेको गीतमा सब्बिर अहमदको शब्द र आदित्य देवको संगीत संयोजन रहेको छ ।

सलमान खान आफैले भिडियोलाई निर्देशन गरेका हुन् ।भिडियोको एसोसिएट निर्देशक अभिराज मिनावाला रहेका छन् । साजन सिंहको छायांकन र कोरियोग्राफी रहेको भिडियो रितेश सोनीले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा छनौट

Read Next

भुवन केसी, दयाराम दाहाल लगायत १० जनाको चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन