नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बने

नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।

आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको हो । अघिल्लो साता दिवेश पोखरेल – आर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

दिवेश पोखरेल सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए । आफ्नी दिदीसँगै अमेरिकाको क्यान्सस राज्यको विचिटा पुगेका दिवेशले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको दुई वर्षमात्र भयो ।

Namaste Filmy

Read Previous

जुन १५ बाट इटलीमा सिनेमा घर खुल्ने

Read Next

धुर्मुस सुन्तलीले लिपुलेक र नालापानी हाम्रै हो भन्दै गरे खबरदारी (भिडियो )