धुर्मुस सुन्तलीले लिपुलेक र नालापानी हाम्रै हो भन्दै गरे खबरदारी (भिडियो )

हाँस्य कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस (सीतारम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) लक डाउनपछि विभिन्न चेतनामुलक भिडियो सार्वजनिक गरिरहेका छन् । उनीहरुले, कोरोनापछिको अवस्थालाई समेटेर तयार पारेको भिडियो राम्रो प्रभाव पनि पारिरहेको छ ।

यसैविच, उनीहरुले लिपुलेक र नालापानी हाम्रै हो भन्दै एक नयाँ भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोमा छिमेकीले जग्गा मिचेर बाटो बनाएको तर नेपालका नेताहरुले कुनै पनि कदम चाल्न नसकेको कुरालाई उल्लेख गरिएको छ ।

भिडियोमा सितारामको दुइवटा गेटअप देख्न सकिन्छ । भिडियोले नेताले नसके जनता आफैले नेपालको जमिन फिर्ता ल्याउन सक्छन् भन्ने भाव पस्केको छ ।सुदिप बरालको छायांकन र सम्पादनमा तयार भएको यो भिडियोलाई सिताराम र कुञ्जनाले नै निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बने

Read Next

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाले तिन पत्रकार र एक कलाकारलाई सम्मान गर्ने