मनिषा कोइरालाले गरिन नेपालको नयाँ नक्साको समर्थन ,भारतीयले लेखे ‘नमक हराम’

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरे लगतै नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । मनिषाको यो ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा मज्जाले कमेन्ट गरेका छन् ।

मनिषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको कुरा उठाउँदै भनिन्, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’ उनको यहि ट्वीटको जवाफमा कमेन्टको वर्षा भएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।

मनिषाले नेपालको समर्थन गरेको भन्दै निकै गालीसमेत गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘ल हेर, खान्छे भारतको र गाइरहेकी छे भिन्न राग । यसलाई भारतबाट लखेट । यसको फिल्म बहिष्कार गर । ’यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘अर्की एउटी ‘नमक हराम’ ।’

यस्तै अर्का एक व्यक्तिले मनिषालाई बहिष्कार गर्न माग गर्र्दै लेखेका छन्, ‘भारतबाट आफ्नो पहिचान बनाउने तपाईं यस्तो मुद्दामा भारतको समर्थन गर्नुको साटो नेपालको अवैध मानचित्रको समर्थन गरिरहनुभएको छ ? भारतीय फिल्म उद्योगले तपाईंलाई पर्याप्त चर्चा र पैसा दियो र तपाईंले हामीलाई यो दिनुभयो ?’

Namaste Filmy

Read Previous

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाले तिन पत्रकार र एक कलाकारलाई सम्मान गर्ने

Read Next

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी श्रीमतीले मागिन् डिभोर्स