मनिषा कोइराला प्रति भारतीय सञ्चार माध्यमले गरेको दुस्प्रचार अर्थहिन :सिताराम कट्टेल

बलिउड अभिनेत्री मनिषा कोइरालालाई नेपाली कलाकारले साथ दिएका छन् । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेकोमा समर्थन गर्दै ट्विट गरेपछि भारतीय सञ्चार माध्यमले मनिषा कोइरालाको आलोचना गरेपछि नेपाली कलाकारले उनलाई साथ दिएका हुन् ।

नेपालका धेरै कलाकर्मी मनिषा कोइरालको समर्थन गर्दै भारतिय मिडियाको खुलेर बिरोध गरिरहेका छन् । यस्तै हाँस्यव्यांग्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस ले पनि यो जल्दोबल्दो बिषयमा आफ्नो भनाई राखेका छन् । यस्तै हाँस्यव्यांग्य कलाकार तथा सामाजिक अभियान्तासिताराम कट्टेल धुर्मुस ले पनि यो जल्दोबल्दो बिषयमा आफ्नो भनाई राख्दै अभिनेत्री मनिषा कोइरालालाई साथ दिएका छन् ।

धुर्मुसले आफ्नो फेसबुक मार्फत यसरी मनिषा कोइरालालाई साथ दिएका छन्…..

हरेक सुख-दुःखमा साथसाथै रहनु नै नेपालीको बिशेषता हो । भुकम्पको पीडा होस् या संबिधान जारी गर्दाको खुसी, नाकाबन्दीको दुःख होस् या लिम्पियाधुरासहितको नक्सा जारी गर्दाको गौरव, यसले हाम्रो एकता कायम गरेकै छौं ।

सबैलाई आफ्नो देश प्यारो हुन्छ । सबैलाई आफ्नो छिमेक आवश्यक हुन्छ । तर छिमेकी-छिमेकीको सम्बन्ध आकारले होईन भावनाले समान हुनुपर्छ । हामी भारतसँग यही चाहन्छौं ।

नेपाल सरकारलाई हार्दिक धन्यवाद जसले हाम्रो देशको सर्वाङ्ग तस्वीर सार्बजनिक गरेको छ । अब यसैगरी कुटनैतिक ढङ्गले भु-भाग फर्काउन पहल गरौं । जसमा हामी राजनैतिक रङमा बाँडिएर हैन नेपालीको सुत्रमा बाँधिने छौं ।हामीलाई कसैको भुभाग जित्नु छैन, संसारको मन जित्नु छ र नेपाल आमाको रक्षा गर्नुछ ।

प्रसंग मनिषा कोईराला दिदीको, मनिषा कोईराला हिन्दी चलचित्रकी नायिका मात्र नभएर बि.पी. कोईरालाकी नातिनी पनि हुनुहुन्छ । जसका हजुरबाले आफ्नो सिंगो जीवन नेपालको हितका लागि दिनुभयो । उहाँको कर्मभुमी भारत होला तर उहाँको मातृभुमी नेपाल हो । उहाँको स्वतन्त्र र सन्तुलित अभिव्यक्तिलाई तोडमोड गरेर केही भारतीय सञ्चार माध्यमले गरेको दुस्प्रचार अर्थहिन छ । त्यसको घोर भत्सना गर्दै दिदी प्रति उच्च सम्मान, साथ र समर्थन छ ।

अन्त्यमा, हल्ला र कोलाहलबाट हैन समस्या बार्ताबाट नै समाधान हुन्छ । हाम्रा सम्माननीय प्रधानमन्त्रीले भनेझैं सिंहको हैन् सत्यको जीत चाहान्छौं ।

Namaste Filmy

Read Previous

मनिषा कोइरालालाई नेपाली कलाकारको साथ

Read Next

लकडाउनमा अन्जु पन्त र प्रमोद खरेलको ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक (भिडियो )