अभिताभ बच्चन र आयुष्मान खुराना अभिनित ‘गुलाबो सिताबो’को ट्रेलर सार्वजनिक

अभिताभ बच्चन र आयुष्मान खुराना अभिनित चलचित्र ‘गुलाबो सिताबो’को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रमा बच्चनको बिल्कुल फरक रुप रहेको छ । चलचित्रमा लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा अमिताभको रुप भिन्न छ ।

चलचित्रमा एउटा पुरानो हवेलीको कथामा निर्माण गरिएको छ जुन घरको मालिक अभिताभ बच्चन हुन्छन । यो चलचित्र सिनेमा घरमा हैन अब सिधै ओटीटी प्लेटफॉर्म रिलिज गरिदै छ ।१२ जुनमा एमेजॉन प्राइम बाट रिलिज गर्न लागिएको चलचित्र ‘गुलाबो सिताबो’लाई सुजित सरकारले निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

लकडाउनमा अन्जु पन्त र प्रमोद खरेलको ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक (भिडियो )

Read Next

नेपाल–भारत सीमाबारे विवादास्पद बोलेकी वर्षा राउतले माफी मागिन