बलिवुड अभिनेता किरण कुमारलाई देखियो काेराेना पाेजेटिभ

बलिवुड अभिनेता किरण कुमारकाे काेराेना परीक्षण रिपाेर्ट पाेजेटिभ पाइएकाे छ । समाचार एजेन्सी पीटीआईका अनुसार उनी अहिले हाेम क्वरेण्टीनमा छन् । किरण कुमार बलिवुडमा आफ्नाे खलनायककाे भूमिकाकाे लागि पनि चर्चित छन् ।

७४ वर्षीय अभिनेताले आफूमा सङक्रमणकाे कुनै लक्षण नदेखिएकाे बताएका छन् । ‘धडकन’, ‘मुझसे दाेस्ती कराेगे’ जस्ता फिल्ममा काम गरिसकेका किरण कुमारले भने, ‘मे १४ मा स्वास्थ्य जाँचकाे लागि अस्पताल गएकाे थिएँ । त्यहाँ काेभिड–१९ काे जाँच जरुरी थियाे । जाँच गर्दा रिपाेर्ट पाेजेटीभ आयाे ।’

तर आफूमा कुनै लक्षण नभएकाे उनले बताए । ‘न त्याे बेला लक्षण देखिएकाे थियाे न अहिले देखिएकाे छ । ज्वराे पनि आएकाे छैन, खाेकी पनि लागेकाे छैन । म ठिक छु र हाेम क्वरेण्टीनमा छु ।’

Namaste Filmy

Read Previous

नेपाल–भारत सीमाबारे विवादास्पद बोलेकी वर्षा राउतले माफी मागिन

Read Next

करण जोहरको घरमा काम गर्नेमा देखियो कोरोना ,आइसोलेशनमा गए करण