सन्जीव पराजुलीको ‘छैन मलाई पीर’ मा नाजिर हुसेन र कुसुम गुरुङ (भिडियो)

डान्सिङ नम्बरका गीत गाउन रुचाउने गायक सन्जीव पराजुलीले नयाँ गीत ‘छैन मलाई पीर’ बोलको गीतको भिडियो लिएर आएका छन् । गीतमा चलचित् संगीतकार दीपक शर्माको शब्द र संगीत रहेको छ ।

भिडियोमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगर फिचर्ड छन् । गीतमा मोहित मुनालको एरेन्ज छ ।सन्जीवको स्वरमा रहेका गीतहरु ‘नाइँ मलाई थाहा छैन’, ‘किन कर्के नजर’, ‘हिट हिट गीत’लगायतका गीतहरु दर्शकले रुचाएका गीतमा पर्दछन् ।

ग्रामीण परिवेशको लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा सन्जीव र नाजिरलाई दाजुभाईका रुपमा देखाइएको छ । एलिन श्रेष्ठ निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र लोकेश बज्राचार्यको कलर करेक्सन तथा सम्पादन छ ।

Namaste Filmy

Read Previous

करण जोहरको घरमा काम गर्नेमा देखियो कोरोना ,आइसोलेशनमा गए करण

Read Next

वीर गोर्खालीको कथामा चलचित्र ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक (भिडियो)