निता ढुंगाना र मिरुना मगर अभिनित चलचित्र ‘साइनो’ युट्युबमा रिलिज

नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द थापाको निर्माण रहेको चलचित्र ‘साइनो’ युट्युबमा  रिलिज भएको छ । गएको साउन २४ सिनेमा हलमा प्रदर्शन भएको ‘साइनो’ ले दर्शकलाई हाल सम्म तान्न सकेको थिएँन ।

रमेश थापाको निर्देशन रहेकोचलचित्र ‘साइनो’लाई लकडाउनका बेलामा दर्शकहरुका लागि मनोरञ्जन दिन चलचित्र युट्युबमा राखिएको निर्माता भुवनले बताइन् ।

चलचित्रमा निता ढुंगाना, मिरुना मगर , राजकुमार, नेपालकी प्रथम नायिका भुवन चन्द, बसुन्धारा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रको कथा अभिमन्यु निरबीले लेखेका हुन् । शरण थापा सह निर्माता रहेको चलचित्र रामेश्वर कार्की र नवराज उप्रेतीले खिचेका हुन् । बेनिश शाह र मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने एलिस कार्कीको संगीत रहेको छ ।

Namaste Filmy

Read Previous

सलमान खानको ‘हम दिल दे चुके सनम’मा मनिषा कोइरालाले नखेले पछि ऐश्वर्य रायले खेलिन

Read Next

संचारकर्मी सरिता भारतीको स्वरमा ‘देशै रोयो कोरोना’ गीतको भिडियो सार्वजनिक