Exclusive: 'मिस नेपाल' नचले फिल्म क्षेत्रबाट सन्यास लिने शुभेच्छाको घोषणा ।

[dropcap]फि[/dropcap]ल्म निर्मात्री तथा नायिका शुभेच्छा थापा यतिबेला निकै तनावमा छिन । उनको होम प्रोडक्सन शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्म ‘मिस नेपाल’ प्रदर्शनको संघारमा रहंदा उनले एक सनसनी पुर्ण अभिब्यक्ति दिएकि छिन । उनले फिल्म मिस नेपालले राम्रो ब्यापार नगरेमा आफुले फिल्म लाइन छाड्ने बताएकि छिन । नमस्तेफिल्मीसंग कुराकानी गर्दै शुभेच्छाले फिल्म ‘मिस नेपाल’को लागी आफुले जिन्दगीकै सबैभन्दा कठिन संघर्ष गरेको र सोहि फिल्म नचले आफु फिल्ममा लागिरहनुको औचित्य नरहने बताइन । shuvechhaशुभेच्छाले फिल्म मिस नेपाल निर्माण देखि हालसम्म आइपुग्दा हदैसम्मको दुख कष्ट भोग्नुपरेको सुनाइन । आफृु महिला भएकै कारण हरेक पक्षबाट हेपिएको पनि उनले गुनासो गरिन । आक्रोशित हुदै उनले भनिन् -‘किन छुटाइन्छ महिला पुरुषमा ? आखिर मैले पनि अरु पुरुषहरुले जस्तै दुख र कष्ट गरेकै छु । काम राम्रो गर्दा पनि हरेक पक्षबाट हेपिनुपरेको छ । त्यसैले अत्यन्त दुखी छु ।’
कयौ झमेला र अवरोध का बाबजुद जेठ ९ बाट रिलिज हुन लागेको फिल्म मिस नेपाल ले प्रदर्शनको बेलामा पनि सुख नपाएको उनको कथन छ । आफ्नो फिल्म रिलिजको दिन फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’को रिलिज पोस्टपोण्ड गर्दै अब्यवस्थित रुपमा जुधाइएको प्रति उनको असन्तुष्टि थियो । यसअघि पनि फिल्म ‘मिस नेपाल’ लाई हिडेन टेजर नामक संस्थाले प्रदर्शन नै रोक्ने भन्दै दबाब दिएका थिए । त्यस्तै फिल्मको सम्पुर्ण प्राविधिक कामको जिम्मेवारी दिइएको सिनेजोन स्टुडियोले पनि विभिन्न तनाव दिएका थिए । त्यस्तै फिल्मको लागी नायिका ले गरेको फोटोसुटको बिषयमा पनि चौतर्फि आलोचना हरु भएका थिए ।miss nepalयसरी कयौ तनाव र विवादकाबीच फाइनल गरिएको फिल्मबाट दर्शकको माया नपाएमा फिल्म क्षेत्रबाट टाढा हुने शुभेच्छाको प्रस्टोक्ति थियो । ‘मिस नेपाल’ बाट धेरै आशा गरेको छु, यो फिल्म नै चलेन भने टाइगर द रियल हिरो नै मेरो अन्तिम फिल्म हुनेछ’- उनको भनाई थियो । ‘टाइगर द रियल हिरो’ छयांकन सकिएर विभिन्न प्रविधिक काममा ब्यस्त शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्म हो । शुभेच्छा थापाकै मुख्य भुमिका रहेको फिल्मलाई राजु गिरी ले निर्देशन गरेका हुन । 

यता फिल्म ‘मिस नेपाल’लाई सुरेन्द्र तुलाधारले निर्देशन गरेका हुन । फिल्ममा शुभेच्छासंगै, सबिन श्रेष्ठ, क्षितिजा शाक्य, कल्याण घिमिरे लगायतको मुख्य भुमिका छ । यसअघि पनि पटकपटक रिलिज मिति सार्दै आइरहेको फिल्म अन्तत जेठ ९ बाट रिलिज हुने भएको हो ।

Namaste Filmy

Read Previous

चर्चित भारतीय टि भी अभिनेत्री बलात्कृत ।

Read Next

'मेरो बेस्ट फ्रेन्ड'ले पायो पी जी सर्टिफिकेट ।