अर्जुन पोखरेलको ‘मैले बोलेको छैन ढाँटेर’मा अस्मिता ,कृष्ण , बुद्ध र समिक्षाको स्वर (भिडियो)

संगीतकार अर्जुन पोखरेलको संगीतमा गायक कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारीको संयुक्त आवाजमा तयार पारिएको नेपाली लोक पप गीत मैले बोलेको छैन ढाँटेरको म्युजिक भिडियो सार्वजनिक गरीएको छ ।

नेपालका चार युवा गायन स्टारहरुद्धारा अभिनित तथा स्वरबद्ध रहेको म्युजिक भिडियोलाई विश्व संगीत दिवसका अवसर पारेर आईतबार रिलिज गरीएको हो । नेपसिनेमाको प्रस्तुतीमा द डिभाईन म्युजिकको युवट्युव च्यानल मार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरीएको हो । गीतमा अर्जुन पोखरेलको शब्द रहेको छ ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन्, । पत्रकारीताबाट यो क्षेत्रमा उदाएका कार्कीले पछिल्लो समय अमेरिकामा गएर चलचित्र निर्देशन सम्बन्धी अध्ययन गरेका थिए । उनले यस अघि पनि धेरै म्युजिक भिडियो निर्देशन गरीसकेका छन्, । यस अघिका भिडियोहरु भन्दा यो भिडियो र यसको कन्सेप्ट फरक रहेको निर्देशक कार्कीले बताए । गीत र भिडियो निकै आर्कषक बनेको कारण पनि दर्शकहरुले रुचाउने निर्देशक कार्कीको भनाई रहेको छ ।

लक डाउनका समयमा सामाजिक दुरी कायम गरी खिचिएको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने सम्पादन विकाश दाहालको रहेको छ । गायक गायिकाहरु आफैले पहिलो पटक अभिनय गरेका कारण पनि यो गीतको भिडियो चल्ने अनुमान गरीएको छ । भिडियोेलाई फिल्मी शैलीको बनाईएको छ । दुई दाजुभाईले दुई दिदिबहिनीको प्रेमकथा बुनेको भिडियोले केही सकरात्मक सन्देश समेत प्रवाह गरेको छ । गीतलाई संगीतकार पोखरेलले निकै मिहेनत गरेको देखिन्छ । यो गीत र भिडियोले नयाँ रेकर्ड कायम गर्नेमा आफु विश्वस्त रहेको संगीतकार पोखरेलले बताएकाछन्, भने भिडियोलाई नयाँ आयम दिन खोजीएको निर्देशक कार्कीले बताए ।

Namaste Filmy

Read Previous

सुशान्त सिंह राजपुतको आत्महत्याले सलमान, आलिया, सोनम, करणका लाखौं फ्यान घट्दै

Read Next

सुशान्त सिंह राजपुतको आत्महत्याको बारेमा सलमान खानले मुख खोले