चलचित्र ‘म त तिम्रै हुँ’का निर्देशक श्रीराम महतले नया फिल्म बनाउदै

निर्देशक श्रीराम महतको दोस्रो प्रोजेक्ट अनटाईटल प्रोजेक्टको आईतबार एउटा गीतको रेकर्डिङ सम्पन्न भएको छ । आईतबारको गीत रेकर्डिङसँगै सिनेमाको निर्माण घोषणा भएको छ । नायक आकाश श्रेष्ठलाई नेपाली चलचित्रमा डेब्यु गराएर चर्चा कमाएका निर्देशक महतको पहिलो चलचित्र ‘म त तिम्रै हुँ’ नेपाली बक्स अफिसमा सफल मानिएको चलचित्र हो ।

एउटा चलचित्र निर्देशन पश्चात लामो समय हराएका निर्देशक अर्को चलचित्रको तयारीमा व्यस्त रहेको बताए । ‘म अब आफ्नै कथा मार्फत नयाँ सिनेमा लिएर आउंदै छु’, उनले भने । आइतबार राजधानीको नक्साल स्थीत एकेवस्टिक रेकर्डिङ स्टुडियोमा महतको दोस्रो प्रोजेक्टको आईटम गीत रेकर्ड सम्पन्न भयो ।

गायिका टीका प्रसाईंको स्वरमा रहने यस गीतलाई सिनेमा कै निर्माता तथा बरिष्ट गीतकार हिरा काजी थापाले लेखेका हुन गीतमा शाहस शाक्यको एरेञ्ज र नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको छ ।

आइटम गीत कम नै गएकी गायिका टीका प्रसाईंले यस गीत ‘सुनको बाला हातमा…’ले राम्रो चर्चा पाउनेमा आफु ढुक्क रहेको बताईंन । ‘मैले धेरै किसिमको गीत गएको छु तर यो सिनेमाको यस आइटम गीत भने मलाई फरक लाग्यो र मौलिक पनि छ आशा छ गीतको राम्रो चर्चा हुन्छ र यस गीतले सिनेमालाई पनि निकै राम्रो फाईदा गर्ने पक्का छ’, गायिका टीका प्रसाईंले भनिन ।

कुल ४ गीत रहने यस अन टाईटल सिनेमा फुल लभ स्टोरीमा निर्माण हुने बताए निर्देशक श्रीराम महतले । केही दिनमा नै औपचारिक जानकारी सहित सिनेमाको नाम सार्वजनिक गरिने बताउदै निर्देशक महतले यस सिनेमामा दुई नायिका रहने बताए ।

‘नायक पनि हामीले बिचार गरिरहेका छौ तर यो बन्दाबन्दिले गर्दा हामि थप प्री प्रोडक्सनको काम लाई अघि बढाउन सकिरहेका छैनौ, यद्दपी दुई नायिका मध्ये एक जना पुरानै नायिका रहने छिन भने एक जना नायिका यस सिनेमा डेब्यु गर्नेछिन’, निर्देशक महतले भने ।

हाम्रा निर्माता सबै बिदेशमा हुनुहुन्छ हाल म भने नेपालमा प्रीप्रोडक्सनमा व्यस्त छु अब यो बन्दाबन्दिको सहज बाताबरणमा औपचारिक रुपमा घोषणा गर्ने श्रीरामले बताए ।

Namaste Filmy

Read Previous

सुशान्त सिंह राजपुतको आत्महत्याको बारेमा सलमान खानले मुख खोले

Read Next

सुशान्त सिंह राजपुत आत्महत्याले बलिउडका ठूला सेलिब्रेटीहरु भागाभाग