प्रीति आले र एक नारायण भण्डारीको तिज गीत ‘फरिया लरीलै बरिलै’ सार्वजनिक

नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजलाई मध्ये नगर गरेर बजारमा तिजका गीत निस्किन थालेका छन् ।कोभिड १९ नियन्त्रण र रोकथामका लागि भएको लामो बन्दाबन्दी खुकुलो भएपछि भौतिक दुरी कायम गरि तिजको गीतको धमाधम छायांकन हुनुको साथै केहि गीतको भिडियो समेत सार्वजनिक गरिएको छ ।

यसै क्रममा चर्चित गायिका प्रीति आलेको स्वर रहेको गीत ‘फरिया लरीलै बरिलै’ को भिडियो सार्वजनिक भएको छ ।एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको सार्वजनिक गीत यसपालिको तीजमा निकै चल्ने देखिन्छ ।योगेश काजीको एरेन्ज रहेको ‘फरिया लरीलै बरिलै’ गीत रिलिज भएको केहि समयमा नै टिकटकमा निकै लोकप्रिय समेत भईसकेको छ ।

गायिका प्रीति आलेलाई फ़िचरिङ्ग गरिएको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईंको कोरियोग्राफी र निर्देशन रहेको छ। सन्तोष राजबाहकको छायांकन रहेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ’दिल वेचारा’ जुलाई २४ मा रिलिज हुँदै

Read Next

नायक प्रदीप खड्का अभिनित ‘जय जय नेपाल’ गीतको भिडियो सार्वजनिक