
[dropcap]प्र[/dropcap]दर्शनको चौथो साता आइपुग्दा हिनदी फिल्म २ स्टेट्सले सय करोड क्लबमा इन्ट्री गरेको छ । यसअघि गत जनवरीमा प्रदर्शनमा आएको सलमान आनको फिल्म ‘जय हो’ ले सय करोड कमाएको थियो । त्यसलगतै फिल्म ‘गुण्डे’ले उत्कृष्ट व्यापार गरेतापनि सय करोड करोड क्लबमा भने पुगेको थिएन ।यसबर्ष सय करोड क्लबमा प्रवेश गर्ने दोस्रो फिल्म बनेको २ स्टेट्स लाई धर्म प्रोडक्शनले निर्माण गरेको हो ।ब्फिल्म चेतन भगतको ‘टु स्टेट’ नामक पुस्तकमाथि आधारित रहेर तयार पारिएको हो । फिल्ममा आलिया भट्ट र अर्जुन कपुरको मुख्य अभिनय रहेको छ ।
फिल्ममा आलिया भट्ट र अर्जुनले थुप्रै चुम्बनका दृश्य दिएका छन् । उनीहरुको चुम्बन पनि बक्स अफिसमा सफल भएको मानिएको छ ।

