नायक प्रदीप खड्का अभिनित ‘जय जय नेपाल’ गीतको भिडियो सार्वजनिक

नायक प्रदीप खड्का अभिनित ‘जय जय नेपाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।‘जय जय नेपाल’ गीतमा राष्ट्रप्रतिको प्रेमलाई प्रस्तुत गरिएको छ । गीतमा प्रदीपको गेटअप फरक छ ।भिडियोमा प्रदीप सगै नीति शाहलाई पनि देखन सकिन्छ ।

सत्य–स्वरुपराज आचार्य, प्रताप दास र प्रविशा अधिकारीको स्वरमा समावेश यो भिडियोले राष्ट्रियताको भाव बोकेको छ । अशोक शेरचनको शब्द रहेको गीतमा अलिश कार्कीको संगीत रहेको छ ।

नितिन चन्दको निर्देशनमा भिडियो तयार पारिएको हो ।भिडियोको छायांकन तथा सम्पादन रुपेश थापाले गरेका हुन् ।

Namaste Filmy

Read Previous

प्रीति आले र एक नारायण भण्डारीको तिज गीत ‘फरिया लरीलै बरिलै’ सार्वजनिक

Read Next

राजन राज शिवाकोटी र मिलन नेवारको स्वरमा “तिमी उता म यता“ गीतको भिडियो सार्वजनिक