राजन राज शिवाकोटी र मिलन नेवारको स्वरमा “तिमी उता म यता“ गीतको भिडियो सार्वजनिक

चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटी र चर्चित गायिका मिलन नेवारको स्वर “तिमी उता म यता“ बोलको भिडियो सार्वजनिक गरिएको छ ।राजन राज सिवाकोटीको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा गायक गायिका आँफैले अभिनय गरेका छन् ।

केही दिनअघि दक्षिणकालीमा छायांकन भएको यो गीतमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ । भिडियोमा नायक नायिका को छोरी को रूपमा राजनका कान्छि छोरी आरिश्मा शिवकोटीको पनि अभिनय रहेको छ ।

भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले यसलाई छायांकन गरेका हुन् । सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा मिलन र राजनराज शिवाकोटीलाई कलात्मक ढंगमा देखाइएको छ ।

Namaste Filmy

Read Previous

नायक प्रदीप खड्का अभिनित ‘जय जय नेपाल’ गीतको भिडियो सार्वजनिक

Read Next

रबि ओड र सम्झना ओलीको ‘तिमी बिजी टिकटकमा’को भिडियो सार्वजनिक