रबि ओड र सम्झना ओलीको ‘तिमी बिजी टिकटकमा’को भिडियो सार्वजनिक

पछिल्लो समय टिकटक एप् एकदमै चर्चित छ । यहि टिकटकको नाम लिएर ‘तिमी बिजी टिकटकमा ‘बोलको गीतको म्युजिक भिडियो तयार भएको छ । गायक रबि ओड र सम्झना ओलीको स्वर रहेको गीतमा संगीत समेत सम्झना आफैले भरेकी छिन भने एरेन्ज नरेन्द्र वियोगीको रहेको छ ।

टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्दशन गरेका हुन् ।भिडियोमा उत्सब दाहालको छायाँकन ,सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ।

Namaste Filmy

Read Previous

राजन राज शिवाकोटी र मिलन नेवारको स्वरमा “तिमी उता म यता“ गीतको भिडियो सार्वजनिक

Read Next

अक्षय कुमारको ‘सूर्यवंशी’ तिहार र रणवीर सिंहको ‘८३’ क्रिसमसमा रिलिज हुने