अक्षय कुमारको ‘सूर्यवंशी’ तिहार र रणवीर सिंहको ‘८३’ क्रिसमसमा रिलिज हुने

बिश्व भरि कोरोना भाइरसको प्रभावले गर्दा सिनेमा हलहरु भन्दा छन्। हल बन्द हुँदा निर्माताहरुले चलचित्रहरु धमाधम ओटिटि प्लेटफर्ममा रिलिज हुदै छन् ।

केहि चलचित्र ओटिटि प्लेटफर्ममा रिलिज भएका छन् भने केहि रिलिजको तयारी गरि रहेका छन् ।तर यस बर्षका बलिउडका बहुप्रतिक्षित चलचित्र ‘सूर्यवंशी’ र ‘८३’ ओटिटि प्लेटफर्ममा रिलिज हुने छैन् ।

अक्षय कुमार, कट्रिना कैफ स्टारर ‘सूर्यवंशी’ तिहार मा रिलिज हुने भएको छ । रोहित सेट्टीले निर्देशन गरेको यो कप्स ड्रामा दर्शक माँझ प्रतिक्षित छ । ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाएको थियो ।मार्च २४ मा रिलिज को तयारीमा रहेको यस चलचित्र कोरोनाले गर्दा अब झन्डै ८ महिना पछि रिलिज हुने छ ।

यस्तै १९८३ को विश्वकपमा आधारित ‘८३’ यसै वर्षको क्रिसमसमा रिलिज हुनेछ । कविर खान निर्देशित सिनेमामा रणवीर सिंहले पुर्वक्रिकेटर कपिल देवको भूमिका निर्वाह गरेका छन् । भने, दीपिका पादुकोणलाई रणवीरको अपोजिट देख्न सकिनेछ ।सअघि अप्रिल १० मा रिलिज हुने भनिएको यो सिनेमामा पनि झन्डै ८ महिना पछाडी रिलिज हुने पक्का भएको छ ।

Namaste Filmy

Read Previous

रबि ओड र सम्झना ओलीको ‘तिमी बिजी टिकटकमा’को भिडियो सार्वजनिक

Read Next

नेपाली फिल्म चिनी कम रंग कडा अमेजन प्राइम भिडियोमा रिलिज