नेपाली फिल्म चिनी कम रंग कडा अमेजन प्राइम भिडियोमा रिलिज

चिनी कम रंग कडा अमेजन प्राइम भिडियो मार्फत रिलिज भएको छ । फिल्म हाल अमेरिका र बेलायतमा हेर्न मिल्ने छ । । नेपालमा भने केहि समयपछि प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ ।

फिल्मको गीत र टिजर सार्वजनिक भइसकेका छ । फिल्ममा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जंग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको अभिनय छ । फिल्मलाई विवेक घिमिरे निर्देशिन गरेका हुन् भने गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको छ । फिल्ममा मानव सुवेदीको संगीत छ भने सुशील सुबेदीको शब्द रहेको छ । त्यस्तै याचोपो रचलिक र लुका मौचेरीको छायांकन , कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

विश्वभरि फैलिरहेको कोरोना महामारीका कारण फिल्म हल बन्द भए । फिल्म हल बन्द भएपछि दर्शकले नयाँ फिल्म हेर्नका लागि डिजिटल सिस्टम नै अपनाउनु परेको छ । अहिले फिल्मकर्मीले फिल्म डिजिटल प्रविधि अपनाइरहेका छन ।

Namaste Filmy

Read Previous

अक्षय कुमारको ‘सूर्यवंशी’ तिहार र रणवीर सिंहको ‘८३’ क्रिसमसमा रिलिज हुने

Read Next

चलचित्र ‘मेरो आफ्नो’को गीतमा केवलजंग कुँवर र सुजाता थापाको रोमान्स (भिडियो )