सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक

केहि दिन अघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र विछोडलाई महसुश गर्न सकिन्छ ।

उपन्यास ‘द फल्ट इन आवर्स स्टार्स’मा आधारित लभस्टोरी चलचित्र ‘दिल बेचरा’ मा सुशान्त र संजना संघीले मुख्य भूमिका निभाएका छन् ।चलचित्र ‘दिल बेचारा’लाई मुकेश छाब्राले निर्देशन गरेका हुन् ।

चलचित्र ओटीटी प्लेटफॉर्म अन्तर्गत फिल्म डिज्नी प्लस हट स्टारबाट २४ जुलाईमामा रिलिज हुँदैछ ।चलचित्रमा एआर रहमानको संगीत छ ।यस चलचित्रमा सैफ अली खान पनि कोमियो रोलमा देखापर्दैछन् ।

सुशान्तले २०१४ मा काइ पो छे मार्फत बलिउड डेब्यू गरेका थिए । उनले भारतीय क्रिकेट टोलीमा पूर्वकप्तान महेन्द्र सिंह धोनीको बायोपिकमा धोनीको भूमिका गरेका थिए । यस बाहेक केदारनाथ, पीके लगायतका फिल्ममा उनको भूमिका सम्झन लायक थिए ।

Namaste Filmy

Read Previous

सन्तोष श्रेष्ठ र मीना कार्कीको स्वरमा ‘मायामा मालामाल’गीतको भिडियो सार्वजनिक

Read Next

अनिता चलाउने‘यस्तो बनोस् मेरो तीज’मा ‘बले’र प्रिज्मा-प्रिन्सी(भिडियो)