प्रचण्ड गर्मीका बीच चितवनमा भेटिएको 'एउटा साथी'।फोटो फिचर।

[dropcap][/dropcap]सै साता चितवनको प्रचण्ड गर्मीमा ‘एउटा साथी’ युनिट भेटियो । सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गरिरहेको फिल्म ‘एउटा साथी’को घाम र तापको कुनै प्रवाह नगरी चितवनको विभिन्न स्थानमा छयांकन भइरहेको थियो ।euta sathi1छयांकन स्थलमा नमस्ते फिल्मीकर्मी पुग्दा निर्देशक नृत्य निर्देशक रामजी लामिछाने बढी ब्यस्त देखिए । किनकी त्यहां फिल्मको गीतको छयांकन चलिरहेको थियो । रामजीको निर्देशनमा कर्मर मर्काउन र पोज दिनमा ब्यस्त थिए, फिल्मको हिरो जोन तामाङ र हिरोइन  अनु शाह । चितवनको ठिमुरा स्थित नारायणी नदिको किनारमा जोन र अनु पटक पटक टेक खाइरहेका थिए ।euta sathiफिल्म युनिटले खाली खाली थियो मन बोलको गीत खिच्नकै लागी चितवनमा चार दिन खर्चिएको छ । नृत्य निर्देशक रामजी लामिछानेले एउटा राम्रो गीत तयार गर्न समय लिएर काम गरेका बताए । यसरी आकर्षक लोकेशनका बीच छयांकन भइरहेको फिल्म ठिमुरा लगायत हंस मनोरञ्जन केन्द्र टांडीमा पनि खिचिएको थियो । त्यस्तै आबुखैरेहनी, कुलेखानी लगायतको स्थानमा पनि फिल्म खिचिएको छ । euta sathi2करिब ४ महिना रोकिएर पुन छयांकन थालिएको फिल्मको अब केहि दिनमा नै सुटिङ सकिनेछ । लक्ष्मण सुवेदीको डेब्यु निर्देशन रहेको फिल्मलाई रामचन्द्र खनालले निर्माण गरिरहेका छन । यसअघि निर्देशक शोभित बस्नेतको पनि लगानी रहेको भए तापनि विवाद भएपछि शोभित अलग्गिएका थिए । फिल्ममा जोन र अनुका अतिरिक्त सलोन बस्नेत, रिश्ता बस्नेत, शिशिर भण्डारी लगायतको पनि अभिनय रहनेछ । करिब ५० लाखको लगानी रहने फिल्म चितवनको अलवा काठमण्डौ, गोर्खा, मकवानपुर धुलिखेल लगायतको स्थानहरुमा पनि खिचिदैछ ।
थप फोटोहरु हेर्नुहोस :

IMG_1265 euta sathi3

Namaste Filmy

Read Previous

मिडिया सामु गरे महानायक हमालले प्रेमिका मधु भट्टराईलाई प्रपोज ( भिडियो सहित )

Read Next

ड्रेसम्यान पत्नीलाई निशा र प्रियंकाले गरिन सहयोग ।