चर्चित गायक प्रकाश सपूतको नया गीत “नमस्कार” को भिडियो सार्वजनिक

चर्चित गायक प्रकाश सपूतको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।“ नमस्कार” बोलको सार्वजनिक गीतमा प्रकाश सपूतको शब्द ,संगीर र स्वर रहेको छ ।गीतमा योगेश काजीले संगीत संयोजन गरेका छन् ।

गायक सपूतले कोरोना नआएको भए र लकडाउन नभएको भए “ नमस्कार” गीत नबन्ने समेत बताए ।कोरोना र लकडाउनले गर्दा यो गीत निर्माण भएको बताए।गीतमा कोरोना र लकडाउनले गर्दा पब्लिक माझ गीत गाउन न पाउदा गायकको कथा समेत प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा प्रकाश सपूत,बिराज थापा र किरण मगरलाई फिचरिंग गरिएको छ ।गीतमा कविता नेपालीलाई समेत देख्न सकिन्छ ।
देवेन्द्र बब्लुले भिडियो निर्देशन गरेका हुन्। अनिल के मानन्धरको छायांकन तहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

चिरञ्जीवी भण्डारीको ‘बदमास‘ मा सोनिका रोकाया (भिडियो)

Read Next

आशिष सचिनको ‘पिरिम नलाउने’को’सफलता गलबन्दी पच्छ्यौरी’ सार्वजनिक (भिडियो)