‘बाहुबली’अभिनेता प्रभाषको नया चलचित्र ‘राधे श्याम’को फस्टलुक सार्वजनिक

‘बाहुबली’बाट विश्व भरि चर्चामा शिखरमा पुगेका नायक प्रभाषको नया चलचित्र ‘राधे श्याम’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा प्रभाषको जोडीको रुपमा नायिका पूजा हेगडेले अभिनय गरेकी छन् ।

चलचित्रको फस्टलुकमा प्रभाष र पूजा रोमान्टिक मुडमा देखिएका छन् । राधाकृष्ण कुमारको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई आउँदो वर्ष रिलिज गर्ने तयारी गरिएको छ ।

भुषण कुमार, भाम्सी र प्रमोदले मिलेर यो चलचित्र निर्माण गरेका हुन् । चलचित्र कस्तो कथामा बन्न लागेको हो भन्ने खुलाइएको छैन ।यो चलचित्रलाई हिन्दी, तेलुगु, तमिललगायतका भाषामा रिलिज गरिनेछ ।

Namaste Filmy

Read Previous

किरण माईकल र बिनोद ढकालको ‘सकिन’ गीतको भिडियो सार्वजनिक

Read Next

बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन कोरोना संक्रमण