अमिताभ र अभिषेक पछि ऐश्वर्या रायलाई पनि कोरोना देखियो

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमाछोरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

यसअघि शनिबार राति अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको थियो।अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका हुन्। अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन कोरोना संक्रमण

Read Next

बलिउड अभिनेता अनुपम खेरको आमासहित परिवारमा पनि देखियो कोरोना