बलिउड अभिनेता अनुपम खेरको आमासहित परिवारमा पनि देखियो कोरोना

बलिउड अभिनेता अनुपम खेरले आइतबार ट्विट गर्दै आमासहित परिवारका बाँकी सदस्यमा कोरोना परीक्षण पोजेटिभ भएको जानकारी दिएका छन् । एक भिडियो सेयर गर्दै उनले आफूमा कोरोना नेगेटिभ देखिएको तर आमा दुलारी, दाइ राजु, भाउजु रिमा र छोरी वृन्दामा कोरोना पाजेटिभ भएको बताएका छन् ।

साथै उनले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सामान्य लक्षणमात्रै देखिएको पनि बताएका छन् । अनुपमकी आमा मुम्बाईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् भने बाँकी सदस्य भने घरमै सेल्फ–क्वारेन्टिनमा रहेको पनि उनले बताए ।

आमाले केही दिनदेखि अस्वस्थ महसुस गरिरहेकाले कोरोना परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आएको तर पछि सिटी स्क्यान गराउँदा भने कोरोना पोजेटिभ भएको उनले बताए । भिडियोको अन्तिममा उनले डाक्टर र मुम्बाई नगर निगमलाई धन्यवाद दिँदै दाइको घरलाई स्यानिटाइज गरिसकेको पनि जानकारी दिए ।

Namaste Filmy

Read Previous

अमिताभ र अभिषेक पछि ऐश्वर्या रायलाई पनि कोरोना देखियो

Read Next

सरकारले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७६ द्वारा विभिन्न स्रष्टालाई सम्मान