विद्या वालन अभिनित ‘शकुन्तला देवी’ को ट्रेलर सार्वजनिक

विद्या वालन अभिनित ‘शकुन्तला देवी’ को ट्रेलर सार्वजनिक भएको छ । यो ‘मानव कम्प्युटर’ को उपमा पाएकी गणितीय प्रतिभा शकुन्तला देवीको बायोपिक हो । रिलिज ट्रेलरमा शकुन्तला देवी (विद्या) ले गाह्रोभन्दा गाह्रो गणितीय समस्या एक झट्कामै समाधान गरेर ‘मानव कम्प्युटर’ को उपमा पाएको देखाइएको छ ।

विवाहअघिसम्म शकुन्तलाका लागि हरेक कुरा सजिलै पूरा भइरहेका थिए । आमा बनेपछि भने शकुन्तलाको जिन्दगीले अर्कै मोड लिन्छ । ट्रेलरमै प्रतिभावान व्यक्तिबाट कुनै पनि गल्ती हुन सक्दैन भन्ने मान्यतालाई गलत प्रमाणित गर्न खोजिएको छ ।

चलचित्रमा शकुन्तलाकी छोरीको भूमिकामा सन्या मल्होत्राले अभिनय गरेकी छन् । विद्या र सन्याका अलावा अमित साध र जिशु सेनगुप्ता पनि महत्त्वपूर्ण भूमिकामा छन् । अनस मेननको निर्देशनमा बनेको यो चलचित्र एमेजोन प्राइममा ३१ जुलाईमा रिलिज हुँदैछ ।

Namaste Filmy

Read Previous

स्मिता दाहाल र राजनराज शिवाकोटीको ‘मायालु तिमी –२’मा पल र स्वस्तिमा (भिडियो)

Read Next

दुर्गेश थापाको ‘बिच्च बिच्चमा ३ बेसार’को भिडियो सार्वजनिक