चलचित्र ‘प्रसाद’को सिक्वेल निर्माण हुने

अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘प्रसाद’को सिक्वेल बन्ने भएको छ । निर्माता सुवास थापाले ‘प्रसाद’को सिक्वेलको रुपमा ‘प्रसाद २’ बनाउन लागेका हुन् ।

‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए भने सिक्वेललाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । ‘प्रसाद’मा विपिन, नम्रताको अलवा निश्चल बस्नेतको समेत मुख्य भूमिका रहेको थियो । चलचित्रमा सन्तान बिहीन एक दम्पतिको कथा विषयवस्तुका रुपमा प्रस्तुत गरेको थियो ।

‘प्रसाद २’ अहिले लेखन अन्तिम चरणमा रहेको छ । पहिलो सिक्वेलका लेखक सुशील पौडेलले नै यसलाई लेखिरका छन् । लेखन सकिएपछि कथाको चरित्र अनुसार पात्र चयन गरिने निर्माण पक्षको भनाइ रहेको छ ।

Namaste Filmy

Read Previous

अभिनेता दयाहाङ राई ‘जहाजै चढेर’ केनिपा सिंह पहरीलाई भेट्न आउदै (भिडियो)

Read Next

मोडल अन्जली अधिकारी गण्डकी सगै बग्दै (भिडियो)