बलिउड महानायक अमिताभ बच्चनको कोरोना रिपोर्ट ‘नेगेटिभ आयो

बलिउड महानायक अमिताभ बच्चनको स्वाब परीक्षण परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यसअघि परीक्षणका क्रममा कोरोना संक्रमित भएको पाइएपछि १२ दिनदेखि मुम्बइको नानावटी अस्पतालमा उपचाररत अमिताभको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । यद्यपि उनलाई अझै १–२ दिन अस्पतालमा डाक्टरको निगरानीमा राखिने बताइएको छ ।

अस्पताल सूत्रको हवाला दिँदै दैनिक भास्करले लेखेअनुसार उनका छोरा अभिषेक बच्चनका सबै रिपोर्ट नेगेटिभ आएका छन् । उनलाई आज बेलुकासम्म डिस्चार्ज गरिने बताइएको छ । ७७ वर्षका अमिताभ र ४४ वर्षीय अभिषेकका अलावा ४६ वर्षकी ऐश्वर्या राय र ८ वर्षकी आराध्या पनि पोजेटिभ पाइएका थिए । सबैको उपचार नानावटी अस्पतालमै भइरहेको छ । सुरुमा अमिताभ र अभिषेक अस्पताल भर्ना भएका थिए त्यसपछि ऐश्वर्या र आराध्या पनि अस्पताल भर्ना भएका हुन् । बुधबार चारै जनाको परीक्षण गरिएको थियो । ऐश्वर्या र आराध्याको रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ ।

Namaste Filmy

Read Previous

सनिश श्रेष्ठ र निलिमा थापा मगरको ‘मस्तै मस्तै’ स्वस्तिमा खड्का र रंजीत पौडेल (भिडियो)

Read Next

भुवन केसीले साम्राज्ञी विरूद्ध १० करोड क्षतिपूर्तिको मुद्दा हाले