रेस्लर अस्मिता जुरेलीको तीज गीत ‘मान्देउन शिव जी’को भिडियो सार्वजनिक

नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजारमा धमाधाम तीजका गीत निस्किन थालेका छन् ।कोरोनाको कारणले चार महिनाको लक डाउन सकिए सगै बजारमा तीजको तीज सार्वजनिक हुन थालेको छ ।

यसपालिको तीजमा रेस्लर तथा कलाकार अस्मिता सुनार (जुरेली) पनि तीज गीत लिएर आएकी छिन् ।अस्मिता जुरेलीको स्वर रहेको ‘मान्देउन शिव जी’ बोलको सार्वजनिक गीतमा शिवम अधिकारीको शब्द रहेको छ। गीतमा ओम सुनारको संगीत रहेको छ ।

‘मान्देउन शिव जी’ बोलको गीतमा अस्मिता जुरेलीको बेजोड नृत्य देख्न सकिन्छ ।गीतमा अस्मिता जुरेलीसगै दुर्गेश थापा,रविन्द्रप्रताप सेन ,लोमश शर्मा ,नरेश सिंह, समिर खान,प्रेम खड्का ,कजिस श्रेष्ठ, अर्जुन गौतम, रमेश थापा दिनेश कठायत,धुर्व हिमाली आदीको कलाकारको अभिनय रहेको छ ।गीतको भिडियोमा रेस्लर द हिमालयन टाईगर र भगवती खड्कालाई पनि देख्न सकिन्छ ।

बजारमा निस्किएको भन्दा अलि फरक सैलीमा निर्माण गरिएको गीतको भिडियो कोरियोग्रफी तथा निर्देशन शिव बिकले गरेका हुन्।
नवराज उप्रेतीले छायांकन गरेको गीतलाई समिर मियाले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

भुवन केसीले साम्राज्ञी विरूद्ध १० करोड क्षतिपूर्तिको मुद्दा हाले

Read Next

तीजको गीत ‘छमछम पाउजु’मा सरिता भारती र राहुल श्रेष्ठ (भिडियो)