ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चन कोरोनामुक्त

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चन कोरोनामुक्त भएका छन्।सोमबार अभिनेता तथा ऐश्वर्याका श्रीमान अभिषेक बच्चनले आफ्नो ट्वीटरमार्फत दुबै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।

‘तपाईंहरूको लगातारको प्रार्थना र शुभेच्छाका लागि धन्यवाद। ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको छ। उनीहरू अब घरमै बस्नेछन्,’ उनले ट्वीटरमा लेखेका छन्।

तर उनी र उनका बुबा अमिताभ बच्चन भने अस्पतालको निगरानीमा रहेको उनले जानकारी दिए।कोरोना संक्रमण देखिएपछि उनीहरु करिब दुई साताअघि मुम्बईको एक अस्पतालमा भर्ना भएका थिए।

Namaste Filmy

Read Previous

बलिउडकी विवादित अभिनेत्री तथा मोडल पूनम पाण्डेले बिहे गर्दै

Read Next

सुष्मा पराजुली र कृष्ण अधिकारीको तीज गीत “हाम्री दिदिलाई सुहाउने रातो सारी”को भिडियो सार्वजनिक