कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको ‘छक्कै परें’ गीतको भिडियोमा

गीत लेखेरै गिनिज अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाईसकेका गीतकार डा. डिआर उपाध्यायले आफ्नो नयाँ गीत छक्कै परें…को भिडियो बुधबार दर्शकमाझ ल्याएका छन् । यो गीत बिष्णु भट्ट र बिना भट्टराईको स्वरमा रहेको छ । जसमा बिष्णु भट्टकै संगीत छ ।

गीतकार उपाध्यायले यसपटक आफ्ना यो गीतको भिडियोमा निकै मेहनत गराएका छन् । गीत लेखेर नै गिनिज अफ वल्र्ड सहित विश्वका १५ वटा विश्व रेकर्ड बनाएका उपाध्ययको बिगतको गीतको भिडियो भन्दा यो भिडियो केही पृथक बनेको छ ।

गीतको भिडियोमा कार्टुन क्रुका जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको आकर्षक नृत्य छ । डान्सिङ जनराको यो गीतमा यी दुई जोडीले विभिन्न नृत्य कलाकारका साथ उर्जायुक्त डान्स प्रस्तुत गरेका छन् । ठेट नेपाली शब्दहरुको प्रयोग गरिएको गीत रोमाञ्चक बनेको छ ।

यो भिडियोलाई माईकल स्टेप अप एन्ड आर्टस् एकेडेमीका सञ्चालक कोरियोग्राफर माईकल चन्दले निर्देशन गरेका छन् । उनले गीतमा सरोज र आस्मालाई नृत्यको फरक फरक स्टेपमा प्रस्तुत गरेका छन् ।उत्सब दाहालले खिचेको यो भिडियोमा सिलन लम्सालको सम्पादन छ । यो गीतको भिडियोलाई डिआर म्युजिक एन्ड क्रियसनको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

Namaste Filmy

Read Previous

सुष्मा पराजुली र कृष्ण अधिकारीको तीज गीत “हाम्री दिदिलाई सुहाउने रातो सारी”को भिडियो सार्वजनिक

Read Next

महेन्द्र राज बराल र अस्मिता अधिकारी स्वरमा ‘रुमालै चिनो धोईधोई’ को भिडियो सार्वजनिक