महेन्द्र राज बराल र अस्मिता अधिकारी स्वरमा ‘रुमालै चिनो धोईधोई’ को भिडियो सार्वजनिक

गायक महेन्द्र राज बरालको नया गीत ‘रुमालै चिनो धोईधोई’ को भिडियो सार्वजनिक भएको छ । हरि लम्सालको शब्द, संगीत र एरेञ्जमा तयार भएको रोमान्टिक गीतमा महेन्द्रलाई स्वरमा अस्मिता अधिकारीले साथ दिएकी छिन् ।

गीतको म्यूजिक भिडियोमा चर्चित कलाकार लक्ष्मी बर्देवा, जीवन भट्टराई र गायक बरालले अभिनय गरेका छन् ।गीतमा युवा जोडीको प्रेमको प्रसंग समावेश गरिएको छ ।

 

भिडियोलाई जिवन र लक्ष्मीले नै निर्देशन गरेका हुन् ।बुद्ध थापाले छायाँकन गरेको म्युजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् ।गायक बरालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको म्यूजिक भिडियोलाई दर्शक श्रोताले रुचाएका छन् ।

Namaste Filmy

Read Previous

कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको ‘छक्कै परें’ गीतको भिडियोमा

Read Next

सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै रिया विरुद्ध प्रहरीमा उजुरी