लोकप्रिय गायक शिव परियारको “नाचें फिरिरी” को भिडियोमा ‘बले’ र प्रिज्मा-प्रिन्सी

लोकप्रिय गायक शिव परियारको स्वर रहेको नया “नाचें फिरिरी” को भिडियो सार्वजनिक भएको छ । गायक शिव परियारको लकडाउन पछि दर्शक तथा स्रोताको लागि निकै मिठो गीत “नाचें फिरिरी” लिएर आएका हुन् ।

सार्वजनिक गीतमा डाक्टर चन्द्र गिरिको शब्द रहेको छ भने चर्चित संगीतकार दीपक शर्माले संगीत दिएका छन्।गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा चर्चित जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा ‘बले’ नामले परिचित सागर लम्सालले अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियो निर्देशन गम्भिर विष्टले गरेका हुन् भने नृत्य निर्देशन सुबोल थापाको रहेको छ । ।अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेको हुन् ।

Namaste Filmy

Read Previous

प्रीति आलेको ‘हामी नाच्ने हो गाउने हो डिस्टर्ब नगर’ को भिडियो सार्वजनिक

Read Next

दीपेन्द्र के खनाल र सर्मिला पाण्डेले चलचित्र ‘चिसो मान्छे’ र ‘लकडाउन’बनाउने