दीपेन्द्र के खनाल र सर्मिला पाण्डेले चलचित्र ‘चिसो मान्छे’ र ‘लकडाउन’बनाउने

निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्देशन भएका छन् । उनले आज उक्त दुई चलचित्रको नाम निर्माणका लागि चलचित्र विकास बोर्डमा दर्ता गराएका हुन् ।

दुबै चलचित्र सामाजिक विषयबस्तुमा आधारित हुने दीपेन्द्र बताउँछन् । ‘चिसो मान्छे’ सुरुमा बनाउने छन् । “चिसो मान्छेको कथा तयार पारिसकेको छु । अब स्क्रिप्टमा काम गर्नेछु । अवस्था सहज हुन बित्तिकै फ्लोरमा जाने हाम्रो तयारी हो,” दीपेन्द्र भन्छन्, “मेटाफोरिक रुपमा नामलाई उठाएको छु । हामी हरेक व्यक्ति अहिले चिसो हुँदै गएका छौं, यसललाई चलचित्रमा भन्ने छु ।” ‘चिसो मान्छे’ पछि ‘लकडाउन’ निर्माण गरिने उनले बताए ।

दुबै चलचित्रमा सर्मिला पाण्डेको लगानी रहने छ । स्क्रिप्ट फाइनल भएपछि कलाकार अनुबन्द गरिने दीपेन्द्रले जानकारी दिए । अघिलो वर्ष उनको चलचित्र ‘आमा’ रिलिज भएको थियो ।

Namaste Filmy

Read Previous

लोकप्रिय गायक शिव परियारको “नाचें फिरिरी” को भिडियोमा ‘बले’ र प्रिज्मा-प्रिन्सी

Read Next

बलिउड अभिनेता अमिताभ बच्चनले कोरोनालाई जिते