बलिउड अभिनेता अमिताभ बच्चनले कोरोनालाई जिते

कोरोना संक्रमित बलिउड अभिनेता अमिताभ बच्चन निको भएर घर फर्किएका छन्। अमिताभको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी डिस्चार्ज भएका हुन्।

अमिताभले पनि ट्वीट गरेर आफूलाई कोरोना नेगेटिभ आएको जानकारी दिएका छन्। अमिताभले नानावटी अस्पतालका कर्मचारीको प्रशंसा गरेका छन्।

यस्तै छोरा अभिषेकले ट्वीटरमार्फत अमिताभले कोरोनालाई जितेको जानकारी दिएका छन्। उनले चिकित्सक, फ्यानलगायत सबैलाई धन्यवाद दिँदै अमिताभ अब घरमै आराम गर्ने उल्लेख गरेका छन्।

अमिताभलाई दुई साताअघि कोरोना संक्रमण देखिएको थियो। उनीसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या, नातिनी आराध्यालाई पनि संक्रमण देखिएको थियो।

Namaste Filmy

Read Previous

दीपेन्द्र के खनाल र सर्मिला पाण्डेले चलचित्र ‘चिसो मान्छे’ र ‘लकडाउन’बनाउने

Read Next

गायक वसन्त थापा मगरको ‘साडी राम्रो’ गीतको भिडियो सार्वजनिक