ड्रेसम्यान पत्नीलाई निशा र प्रियंकाले गरिन सहयोग ।

[dropcap][/dropcap]छिल्लो समयका जल्दा बल्दा दुई नायिका निशा अधिकारी र प्रियंका कार्कीले सहयोगको हात अघि बढाएका छन । विगत चार महिना देखि अस्पातालमा रहेकी ड्रेसम्यान कुलदीपकी पत्नी दिलमाया अधिकारीलाई अस्पातालमै पुगेर यी दुई नायिकाले सहयोग गरेकि हुन । उनीहरुले रकम सहयोग मात्र गरेनन, अन्य सम्पुर्ण ब्यक्तिहरुलाई पनि सहयोग गरिदिनुहुन अपिल समेत गरिन ।nisha & priyankaकुलदिप नेपाली फिल्म उद्योगको अत्यन्त मिहेनती ड्रेसम्यान भएकोले उनको दुख हामी सबैको दुख हो भन्ने सोच्नुपर्ने उनीहरुको तर्क थियो ।
प्रियंकाले दिलमाया को दुई वटा अप्रेसनका बाबजुद उनी अझै खर्च अभावका कारण अस्पातालमै थलिएको बताइन । कुलदीपसंग आफुले ३ वटा फिल्ममा संगै काम गरिसकेको जनाउदै प्रियंकाले हाम्रो अर्थिक तथा भावनात्मक सहयोगको खांचो रहेको औल्याए । यता निशाले पनि कुलदीप फिल्म उद्योगको मिहेनती हस्ती भएकोले उनको दुखमा हामी सबैको सहयोगी हातहरु अघि बढाउनुपर्ने बताइन ।
कुलदीपलाई सहयोग गर्नको लागी यी दुई नायिकाले सम्पर्क नम्बर पनि सार्वजनिक गरेकि छिन । सहयोग गर्न चाहनेले कुलदिपको मोबाइल नम्बर ९८४९१७८२१७ मा फोन गर्न सक्नुहुनेछ ।

Namaste Filmy

Read Previous

प्रचण्ड गर्मीका बीच चितवनमा भेटिएको 'एउटा साथी'।फोटो फिचर।

Read Next

चर्चित भारतीय टि भी अभिनेता 'संग्राम' गिरफ्तार ।