अक्षय कुमारले चलचित्र ‘रक्षाबन्धन’ बनाउदै

बलिउड अभिनेता अक्षय कुमारले नया चलचित्र ‘रक्षाबन्धन’मा काम गर्ने भएका छन् । ‘रक्षाबन्धन’को दिन पारेर चलचित्र ‘रक्षाबन्धन’को घोषणा गरिएको छ।चलचित्रलाई आनन्द एल राय निर्देशक गर्ने छन् । चलचित्रलाई हिमान्शु शर्माले लेखेका हुन् ।

चलचित्र ‘रक्षाबन्धन’को घोषणा सगै चलचित्रको फस्टलुक सार्वजनिक गरेका छन् । यो चलचित्रलाई आउँदो बर्षको नोभेम्बर ५ तारिखमा रिलिज गर्ने तयारी समेत यसको निर्माणपक्षले गरेको छ ।

चलचित्रमा अक्षयका ४ बहिनी र उनको सम्बन्धको कथा प्रस्तुत गरिनेछ । यो अक्षय र उनकी बहिनी अलकाको वास्तविक जीवनसँग मेल खाने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

नायक अक्षय कुमारले यो चलचित्रको कहानीले दर्शकको मन छुने र कहिले हसाँउने त कहिले रुवाउने बताएका छन् । अक्षयकी बहिनी अलका, निर्देशक आनन्द एल राय र अक्षयले मिलेर यो चलचित्र निर्माण गर्न लागेका हुन् ।

Namaste Filmy

Read Previous

अभिनेता सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रिया चक्रवर्ती बेपत्ता

Read Next

रंग पत्रकार शान्तिप्रियको ‘फूलबुट्टे सारी’मा अनामिका चौलागई (भिडियो )