रंग पत्रकार शान्तिप्रियको ‘फूलबुट्टे सारी’मा अनामिका चौलागई (भिडियो )

रंग पत्रकार एवं गीतकार शान्तिप्रियको शब्द रहेको फूलबुट्टे सारी बोलको तीज गीत सार्वजनिकभएको छ । विन्दु परियारको स्वर रहेको गीतमा सुदिप सागरको एरेञ्ज तथा संगीत रहेको छ ।

शान्तिप्रियले यसै तीजमा तीन गीत लेखेका छन् । जसमये उनको यस अघि रातो सारी बोलको गीत सार्बजनिक भैसकेको छ । रिलिजका हिसावमा फूलबेट्टे सारी उनको दोश्रो गीत हो । सिफनको सारी बोलको उनको तेस्रो गीत आउने क्रममै छ । गीतकार शान्तिप्रिय आधुनिक, चलचित्र एवं सांस्कृतिक गीत लेख्ने गर्छन् । महिला हिन्दुहरको महान पर्व तीज लक्षित गरेर सांस्कृतिक परम्परालाई आत्मसात गर्दै आफूले मौलिक गीत लेख्ने गरेको उनले बताए ।

फूलबुट्टे सारीमा अभिनेत्री अनामिका चौलागई मोडलका रुपमा छिन् । यसै वर्ष तीजमै पनि उनले तीन गीतमा मोडलिङ गरेकी छिन् । मोडल अनामिकाले यो गीतको शब्द, संगीत एवं स्वर लगायत सबै काम राम्रो भएकोले आशावादी बनेको बताइन् । आफूले नाँच्नलाई सक्दो मेहनत गरेको उनले बताइन् ।

फूलबुट्टे सारीको नृत्य निर्देशक एवं निर्देशक राजिव बलामी हुन् भने सम्पादन पनि उनी आफैले गरेका छन् । गीतको छायांकार राजु केसी हुन् भने श्रृंगार दीभिषा शर्माले गरेकी छिन् । गीतमा शान्तिप्रियकै निर्दिष्ट रहेको छ । छायाँछवि क्रियशनले निर्माण गरेको यस गीत फूलबुट्टे सारी सीसी नेपाल युटुव च्यानलबाट रिलिज गरिएको छ ।

Namaste Filmy

Read Previous

अक्षय कुमारले चलचित्र ‘रक्षाबन्धन’ बनाउदै

Read Next

पल शाह र टिकटकका भाइरल सुधिर श्रेष्ठ ‘ माया गरौला’ गीतको भिडियोमा