सन्तोष सेनको चलचित्र ‘हु तु तु’ मा हरिवंश आचार्य ,प्रदीप ,पल, नाजिर देखि सलोन सम्म

‘प्रेम गीत’ जस्तो सफल चलचित्र निर्माण गरेका निर्माता सन्तोष सेनले नयाँ निर्माणको घोषणा गरेका छन् ।सन्तोष सेनले निर्माण गरेका नया चलचित्रको नाम भने ‘हु तु तु’ रहने भएको छ । कमेडी जनरामा बन्ने यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहनेछ ।

छेतेन र सन्तोषले यस अघि चलचित्र ‘प्रेम गीत ३ ’ संयुक्त निर्देशन गरेका थिए जुन चलचित्र प्रदर्शनको लागि तयारी हुदा कोरोना आए पछि अहिलेलाई रिलिज रोकिएको छ । फिल्म आगामी चैत्र रिलिज गर्ने निमार्ण युनिटको योजना रहेको छ ।

चलचित्र ‘हु तु तु’मा हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका रहने छ ।आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्ने यो चलचित्रमा केही कलाकार अझै छनौट हुन बाँकी रहेको निर्माण युनिटले जनाएको छ ।

चलचित्रको लेखनका लागि अहिले निर्देशकद्वय गुरुङ र सेन यतिबेला पोखरा छन् । लेखन केही दिनमै सकेर काठमाडौ आफु फर्किने निर्माता निर्देशक सेनले बताए । हाम्रो सिर्जना विशुद्ध हास्यकथा शैलीमा वाचन हुनेछ । यसको लागि हाम्रो टिमले २०० प्रतिशत प्रयास गर्नेछ ।’ कलाकार, निर्माता तथा निर्देशक सेनले भने ।

Namaste Filmy

Read Previous

नायिका पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीविरुद्ध चलचित्र कलाकार संघमा उजुरी

Read Next

टिकटकमा हिट ‘हेर यो मुटुमा चिरा पर्‍या छ’गीतको भिडियोमा चिरञ्जवी , रोशनी र प्रेम