टिकटकमा हिट ‘हेर यो मुटुमा चिरा पर्‍या छ’गीतको भिडियोमा चिरञ्जवी , रोशनी र प्रेम

टिकटकमा निकै चर्चामा रहेको गीत ‘हेर यो मुटुमा चिरा पर्‍या छ’को भिडियो सार्वजनिक भएको छ ।बादल थापाको शब्द संगित र स्वर रेहेका गित यस अघि अडियो बजारमा आएको थियो। बजारमा अडियो आएपछि सामाजिक सञ्जाल टिकटकमा अधिकांशको रोजाइमा परेको थियो।

गीतको भिडियोमा सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा (जिबी चिरन), रोशनी कार्की र प्रेम पुरीको अभिनय यस गीतमा देख्न सकिन्छ।गितको एरेञ्जर विश्वास नेपालले गरेका छन भने रेकडिस्ट सुमन राना रहेका छन्। कुमार रानाले मिक्सिङ गरेको गित मारुनी रेकडिङ स्टुडियोमा रेकर्ड भएको हो।

म्युजिक भिडियोको निर्देशन सिर्जन बरालले गरेका छन । सम्पादन दिनेश शाहले गरे भने ज्ञानेन्द्र शर्मा हुमागाईँले आफ्नो शिल्प क्यामेरामा देखाएका छन।

Namaste Filmy

Read Previous

सन्तोष सेनको चलचित्र ‘हु तु तु’ मा हरिवंश आचार्य ,प्रदीप ,पल, नाजिर देखि सलोन सम्म

Read Next

बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर