बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर

बलिउड अभिनेता संजय दत्तलाई क्यान्सर भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार उनलाई फोक्सोको क्यान्सर भएको बताएका छन् । सञ्जय दत्तलाई फोक्सोको क्यान्सर (चरण ३) भएको छ । ६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।

दत्त गएको शनिबार मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए। उनी स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पुगेका थिए। २ दिन लिलावती अस्पतालमा उपचार गरेर सोमबार उनी डिस्चार्ज भएका थिए । उनको कोरोना पनि परीक्षण भएको थियो तर उनलाई कोरोना संक्रमण भने देखिएन।

अभिनेता दत्तको परिवार भने ५ महिनादेखि लकाउनका कारण दुबईमा रहेका छन् । सञ्जयको परिवार पनि क्यान्सर पीडित परिवारका रुपमा चिनिन्छ ।उनकी आमा नरगिसलाई पनि प्याङ्क्रियाजको क्यान्सर भएको थियो । उनकी आमाको क्यान्सरकै कारण सन् १९८१ म निधन भएको थियो ।

संजय दत्तले केही समयमा लागि कामबाट बिदा लिएको सामाजिक सञ्जालमा लेखेका छन्। उनले उपचारका लागि कामबाट बिदा लिएको बताएका छन्। बलिउडका उनका मित्रहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन्।

Namaste Filmy

Read Previous

टिकटकमा हिट ‘हेर यो मुटुमा चिरा पर्‍या छ’गीतको भिडियोमा चिरञ्जवी , रोशनी र प्रेम

Read Next

आलिया भट्टको चलचित्र ‘सडक २’को ट्रेलरलाई ४५ लाख बढी डिसलाइक