आलिया भट्टको चलचित्र ‘सडक २’को ट्रेलरलाई ४५ लाख बढी डिसलाइक

आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’ को ट्रेलर सार्वजनिक भएको छ ।बुधबार सार्वजनिक भएको ट्रेलर २४ घण्टा नपुग्दै युट्युबमा एक करोड ५३ लाख बढीले हेरी सकेका छन् भने नेपालको युट्युब ट्रेन्डिङको पहिलो नम्वरमा रहेको छ ।

यो समाचार तयार पर्दा सम्म ‘सडक २’ को ट्रेलरलाई ४५ लाख भन्दा बढीले डिसलाइक गरेका छन्। एक करोड ५३ लाख बढीले ट्रेलर हेर्दा ४५ लाख भन्दा बढीले डिसलाइक गरेका हुन् ।ट्रेलरलाई जम्मा २ लाख ५७ हजारले मात्रै लाईक गरेका छन् ।

जुनमा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको थियो। उनले आत्महत्या गरेका थिए।उनको मृत्युपछि भारतमा नेपोटिज्मको बहस चर्किएको थियो। जसका कारण आलिया भट्ट लगायत बलिउडकर्मीका छोराछोरी जो कलाकार हुन् उनीहरुको दर्शकले आलोचना गरेका थिए।यसै कारणले पनि ‘सडक २’ चलचित्र पनि भट्ट परिवारकै प्राजेक्ट भएकाले मानिसहरुले ट्रेलरमा धेरै डिसलाइक गरेको अनुमान गरिएको छ।

सुशान्तको मृत्युपछि आलिया भट्ट र उनका परिवार सर्वाधिक आलोचित बनेकामध्ये एक थिए।महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय गरेका छन्।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर

Read Next

सृष्टि श्रेष्ठ र निराजन प्रधान अभिनित ‘साँझ’ गीतको भिडियो सार्वजनिक