सृष्टि श्रेष्ठ र निराजन प्रधान अभिनित ‘साँझ’ गीतको भिडियो सार्वजनिक

सृष्टि श्रेष्ठ र निराजन प्रधान अभिनित ‘साँझ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।लकडाउन हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिइन् ।

लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेसँगै म्युजिक भिडियो निर्माणमा तीव्रता आएको छ र अरुबेला फिल्ममा व्यस्त हुने कलाकार फुर्सदको समयलाई म्युजिक भिडियोमा सदुपयोग गरिरहेका छन् ।

रोमान्टिक फ्लेवरको यो गीतमा दिनेश शंकरले शब्द, संगीत र स्वर भरेका छन् भने भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सानो मिस अन्डरस्ट्यान्डिङले पर हुन लागेको जोडीलाई मायाले नै फर्काएको कथा पेश गरिएको छ । उज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीतलाई नोभिया शंकरले निर्माण गरेकी हुन् ।

Namaste Filmy

Read Previous

आलिया भट्टको चलचित्र ‘सडक २’को ट्रेलरलाई ४५ लाख बढी डिसलाइक

Read Next

आलिया भट्टको चलचित्र ‘सडक २’ को ट्रेलर पछि गीतमा पनि डिसलाइकको बर्षा