चार चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिदै।

[dropcap]ने[/dropcap]पाल चलचित्र पत्रकार संघले दिइदै आएको चलचित्र पत्रकार सम्मान तथा पुरस्कार  घोषणा गरिएको छ । जसअनुसार यस बर्षको ‘चलचित्र पत्रकारिता सम्मान–२०७१’ विदुर गिरीलाई दिइने भएको छ । संघको बिहिबार बसेको एक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यस बर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७१’  कृष्ण भट्टराई र  राज श्रेष्ठलाई दिने निर्णय समेत गरेको छ ।award-11विगत दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय बिदुर गिरी चलचित्र पत्रकार संघको निवर्तमान अध्यक्ष समेत हुन । हाल उनी कामना मासिक पत्रिकाको सम्पादक र नेपाल समाचारपत्रको समाचार सम्पादकका रुपमा सक्रिय छन । सम्मानित गिरीलाई ताम्रापत्रसहित सम्मान गरिनेछ ।
त्यस्तै चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने पत्रकार कृष्ण भट्टराई कान्तिपुर पब्लिकेशनको साप्ताहिकका वरिष्ठ उप–सम्पादक हुन भने अर्का पत्रकार राज श्रेष्ठ स्टार एफ एमका कार्यक्रम संयोजक एवं प्रस्तोता तथा कलिउड खबर डटकमका सम्पादक हुन । पुरस्कृत दुई चलचित्र पत्रकारहरुलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ तथा प्रमाणपत्रसहित पुरस्कृत गरिनेछ ।
त्यस्तै चलचित्र पत्रकार संघले नेपाल पत्रकार महासंघका लागि पार्षद रहनुभएका तथा यसैपटक सम्पन्न महासंघको महाधिवेशनमा एसोसिएट सचिव पदमा अत्याधिक मतले विजयी हुनुभएका ध्रुव लम्साललाई पनि विशेष सम्मान गर्ने निर्णय गरेको छ ।
आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको स्थापना दिवसको अवसरमा आयोजना गर्ने विशेष कार्यक्रममा सम्मानित एवं पुरस्कृत पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । चलचित्र पत्रकार संघले वि।सं २०५८ सालदेखि पत्रकारिता पुरस्कार प्रदान एवं २०५९ सालदेखि चलचित्र पत्रकारिता दिवस मनाउँदै आइएको छ ।

Namaste Filmy

Read Previous

चर्चित भारतीय टि भी अभिनेता 'संग्राम' गिरफ्तार ।

Read Next

चलचित्र ‘लज्जा’को फष्टलुक पोष्टर सार्वजनिक