फाल्गुनमा हुने भनिएको राजेश हमालको विवाह सर्यो । अब बैशाखमा हुन सक्ने संकेत ।

केहि समय अघि महानायक राजेश हमालको विवाह हुने खबरले उनका फ्यानहरु हर्षित भएका थिए । तर हमालले सिन्दुर हालेको समाचार सुन्न नपाउदै सबै हर्षहरु तुहिएका छन । किनकि यी महानायक ले अब फाल्गुनमा बिहे नगर्ने निधो गरेका छन ।aah1249702593lविगत लामो समय देखि आफ्नो विवाह मिति सार्दै आइरहेका यी सुपरस्टारले यसपटक भने विवाह पक्का हुने बताएका थिए तर यसपटक पनि उनले श्रीमति नभित्र्याउने भएका छन । विवाह पोस्टपोण्ड भएको बताउदै हमालले अब बैशाखमा विवाह हुन सक्ने संकेत गरेका छन । सम्पुर्ण आफन्तहरु बिदेशमा रहेको र फाल्गुनमा सबैजना जम्मा हुन असमर्थ रहेकोले विवाह पोस्टपोण्ड गरिएको उनले बताए । बिगत केहि बर्षयता मधु भट्टराईसंग प्रेममा परेका राजेशले विवाहभोज कहिले खुवाउलान त सबैलाई चासोको बिषय बनेको छ । उमेरले ५० पार गरिसकेका यी हिरोले आफै पनि विवाहको बिषयले निकै उत्साहित रहेका बताउछन ।

Namaste Filmy

Read Previous

जपान प्रदर्शनको लागी बिक्रि भयो ऋतु । नेपालमा फाल्गुन २३ मा रिलिज हुदै ।

Read Next

‘स्टार एफ.एम म्यूजिक अवार्ड’मा गायक प्रेमध्वज प्रधानलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’