चलचित्र ‘लज्जा’को फष्टलुक पोष्टर सार्वजनिक

छविराज ओझाले निर्माण गरेको नया चलचित्र ‘लज्जा’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सफल र राम्रो निर्देशकको रुपमा आफ्नो छबि बनाएका निर्देशक नवल नेपालको निर्देशन रहेको चलचित्र ‘लज्जा’कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
lazza-final1
चलचित्र ‘लज्जा’मा आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, हिउँवाला गौतम, कमलमणी नेपाल, कृष्ण गीरी, निराजन लुईटेल, सरोज बख्रेल, सागर लम्साल, लगायतको अभिनय रहेका छन् ।नायिका रेखा थापा सग छुटिए पछि छविराज प्रोडक्सनबाट निर्माण भएको चलचित्र ‘लोफर’ फ्लप भए पछि ‘लज्जा’ निर्माण गरेका छविले यस अघि चलचित्र ‘लोफर’ कि नायिका रजनी के.सी ले रेखाको ठाउँ लिने बताए पनि चलचित्र नै फ्लप भए पछि छविले शिल्पा पोखरलेलाई लिएर ‘लज्जा’ निर्माण गरेका हुन् ।
1505500_4211568064102_5762499832503330391_n
चेतन सापकोटाको संगीत ,कविराज गहतराजको नुत्य ,मदन कस्यप घिमिरेको छायांकन ,चन्द पन्तको एक्शन तथा अनन्त थपलियाको सम्पादन रहेको चलचित्र ‘लज्जा’लाई गुण सिनेमा प्रालिको ब्यानरमा दिजेन्द्र शाक्य पनि लगानी गरेका हुन् ।

Namaste Filmy

Read Previous

चार चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिदै।

Read Next

फ्राइडे रिलिज: आवारण, ठुलो मान्छे, खुडकिलो, पिपल ।