गायक पवन गिरीको ‘काठमाडौंको साढेसात’ सार्वजनिक

नेपाल आईडल बाट चर्चा कमाउन सफल गायक पवन गिरीको नया गीतको म्युजिक भिडियो सार्वजनिकसार्वजनिक भएको छ । ‘काठमाडौंको साढेसात’ बोलको रक गीत पवनले आफ्नै आधिकारिक युटुब च्यानल मार्फत गित सार्वजनिक गरेका हुन् ।

आम नेपालीले काठमाडौँमा पाउने दुख र यातनाको चित्रण गरीएको छ, जसलाई गायकले “काठमाण्डौको साढे सात” को शिर्षक दिएका छन ।रम्बो अधिकारीको शब्द रहेको गीतमा कल्याण सिंह र गायक पवनको संगीत रहेको छ। भने सम्राट न्यौपानेले एरेन्ज गरेका छन् ।

राज पोखरेलले खिचेको म्युजिक भिडियोलाई प्रतिक ढुंगेलले सम्पादन गरेका हुन् । म्युजिक भिडियोको कन्सेप्ट सुजय गौतमको हो ।

Namaste Filmy

Read Previous

कार्टुन क्रुजका सरोज र आश्मा अभिनित ‘सार्टनैको चोली’को भिडियो सार्वजनिक

Read Next

अभिनेता सुशान्त सिंह राजपुतको हत्या भएको दाबी !