फ्राइडे रिलिज: आवारण, ठुलो मान्छे, खुडकिलो, पिपल ।

[dropcap]यो [/dropcap]शुक्रबार नेपाली बक्स अफिसमा एकसाथ चार नेपाली फिल्म हरु रिलिज हुदैछन । प्रचारप्रसारमा ब्यापक खर्च गरिएको फिल्म आवारण सवैभन्दा प्रतिक्षित फिल्म हो । त्यस्तै ठुलो मान्छे, खुडकिलो र पिपल पनि यसै साता हलमा लाग्दैछन । यी सम्पुर्ण फिल्महरुको संक्षिप्त जानकारी भिडियोसहित प्रकाशित गरेका छौ ।

आवारण:

निर्देशक सुवास कोइराला ले निर्देशन गरेको फिल्म आवारण यो शुक्रबार प्रदर्शनमा आउने प्रतिक्षित फिल्म हो । फिल्ममा प्रियंका कार्की, दिव्य देव, शुसिलराज पाण्डे, नरेश पौडेल, अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । सस्पेन्स हरर थ्रीलर फिल्म आवारणलाई अनिल योन्जनसहितका संयुक्त लगानी रहेको छ । फिल्मलाई सेन्सरले पि जी सर्टिफिकेट दिएको थियो ।

ठुलो मान्छे:

thulo-manche-addकलाकार प्रशान्त तामाङले निर्देशन गरेको फिल्म ठुलो मान्छे शुक्रबार रिलिज हुने अर्को फिल्म हो । केकी अधिकारीको मुख्य अभिनय रहेको फिल्ममा बालबालिकाको कष्टपुर्ण स्टोरी देखाइएको छ । फिल्मलाई प्रदिप खडकाले निर्माण गरेका हुन ।

पिपल:सामजिक कथावस्तुमा निर्माण भएको फिलम पिपल लाई निरञ्जन कसजुले निर्देशन गरेका हुन । राज्य लक्ष्मी कसजुले निर्माण गरेको फिल्ममा लामो समयपछि नायिका अरुणिमा लम्सालको अभिनय दर्शकले हेर्न पाउनेछन । अरुणिमा को साथमा किशोर खतिवडा को पनि फिल्ममा मुख्य अभिनय छ ।

खुडकिलो:


बलबहादुर श्रेष्ठले निर्माण गरेको फिल्म खुडकिलो पनि यसै शुक्रबार रिलिज हुने अर्को नेपाली फिल्म हो । किरण लकौल, ऋचासिहं ठकुरी , सुरज ठकुरी लगायतको अभिनय रहेको फिल्मलाई जनकराज खकुरेलले निर्देशन गरेका हुन । फिल्मको कथा शेखर ज्ञवालीले लेखेका छन ।

Namaste Filmy

Read Previous

चलचित्र ‘लज्जा’को फष्टलुक पोष्टर सार्वजनिक

Read Next

चलचित्र पत्रकार संघ चितवनको अध्यक्षमा रवि अधिकारी निर्विरोध।