अन्जु पन्त र दुर्गेश थापाको “तिमी यति राम्री किन “गीतको भिडियो सार्वजनिक

मोडल तथा गायक दुर्गेश थापाको ” तिमी यति राम्री किन ” गीतको भिडियो सार्वजनिक भएको छ ।पछिल्लो समय गायक दुर्गेश थापाको गीतलाई दर्शक तथा स्रोताले निकै मन पराएका छन्। दुर्गेशको पछिल्लो गीत आलु जस्तो गायकले पनि राम्रो चर्चा पाउन तथा दर्शकको मन जित्न सफल रहयो ।गीतको भिडियो दुर्गेश थापा आफैले अभिनय गरेका छन् भने टिकटकमा चर्चामा रहेकी प्राची लामाको समेत अभिनय गरेकी छिन् ।

यसपाली ” तिमी यति राम्री किन ” बोलको गीतमा दुर्गेशलाई अर्की चर्चित गायिका अन्जु पन्तले स्वरमा साथ दिएकी छिन्।गीतमा रोशन सिंहको शब्द तथा संगीत रहेको छ ।साहस शाक्यले गीतलाई एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा शिव विकको निर्देशन तथा कोरियोग्राफि रहेको छ ।गीतको भिडियोमा अर्जुन तिवारी र टोलीको सिनेमाटोग्राफीमा रहेको छ भने मिलन विश्वकर्माको सम्पादन रहेको छ ।दुर्गेश थापाले यस बर्ष बिच्च बिच्चमा २, र बिच्च बिच्चमा ३ ,आलु जस्तो गायक जस्ता सफल गीत सार्वजनिक गरि सकेका छन् । गीतलाई दशर्कले अत्याधिक रुचाएका छन् ।

Namaste Filmy

Read Previous

स्वस्तिमा खड्का,नाजिर हुसेन र रियाशा दाहाल “मुना”गीतको भिडियोमा

Read Next

बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित